नगर भित्रका मदिरा प्रचारमा राखेका मदिरा कम्पनीहरुका बोर्डहरु हटाउँदै कोहलपुर

कोहलपुर बाँके असोज १४
बाँकेको कोहलपुर नगरपालिका भित्र मदिरा प्रसारमा राखेका बोर्डहरुमा हटाउने अभियान जारी गरेको छ ।

कोहलपुर नगरपालिकाले साउन पहिलो हप्ता देखि सूचना जारी गर्दै विभिन्न मदिरा कम्पनीहरुले प्रचारको लागि बनाएको बोर्डहरु हटाउँदै आएको छ ।

नगर क्षेत्रमा आफ्नो व्यवसायको बोर्ड बाहेक अन्य मदिरा कम्पनीहरुले आफ्नो प्रचारको लागि राखिएको बोर्डहरु हटाउँदै गएको नगर प्रहरी प्रमुख विर बहादुर थापाले जानकारी दिए ।

‘पहिलो सूचना जारी भएपछि करिब ५० जना व्यवसायीहरुले स्वस्र्फूत रुपमा बोर्डहरु हटाउनुभएको छ,’ उनले भने, ‘कोहलपुर नगर क्षेत्र भित्र करिब २ सय बढि मदिरा प्रचारमा राखेका बोर्डहरु रहेका छन् ती बोर्डहरु हटाउने पक्रियामा हुनुहुन्छ ।’

अहिलेसम्म स्वस्र्फूत रुपमा हटाउनुभएको छ, व्यवसायीहरुले आफ्नो व्यानर करिब ३० स्क्विार फिट बराबरको व्यानर राख्नुपर्ने अन्य मदिरा र थप अन्य बोर्डहरु हटाउँदै गएको नगर प्रहरी प्रमुख थापाले बतााए ।

थापाका अनुसार आजबाट नहटाएका स्थानहरु हेरफेर गरेको र भोलीबाट नगर प्रहरीले सक्ने जति हटाउने अझै ठुला ठुला बोर्डहरु भएको खण्डमा मेसिनले हटाउने बताए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर