कोहलपुर नगर स्वास्थ्य शाखा प्रमुख ठकुरीले गरे क्षमा याचना

कोहलपुरबाँके असोज १४ ,बाँके बाँकेको कोहलपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनिल सिंह ठकुरीले समाचारका बिषलाई लिएर पत्रकारमाथि टेलिफोनमा आफुले बोलेको दुब्र्यबहारपुर्ण शब्द प्रति क्षमा याचना गरेका छन ।
नेपाल पत्रकार महासंघ, प्रेस चौतारी, प्रेस युनियन, प्रेस सेन्टर, क्रियाशिल पत्रकार कोहलपुरका जिम्मेवार पदाधिकारी सहित कोहलपुर नगरपालिका कार्यकारी प्रमुखको कार्यकक्षमा बसेको पत्रकार र नगरपालिकाका प्रतिनिधिबिच भएको छलफल पछि ठकुरीले आक्रामक रुपमा प्रस्तुत हुनु आफनो गल्ति भएको भन्दै पत्रकारहरु सामु माफि मागेका हुन ।
कोहलपुर टाईम्सले असोज ११ गते आफनो समाचार पोर्टलमा कोहलपुर नगर अस्पतालमा छैन सिटामोल, ल्याव मेसिन समेत बेकामे शिर्षकमा समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएपछि ठकुरीले अनलाईनका कार्यकारी सम्पादक रिजालमाथि अपशब्द प्रयोग गर्दै देखाईदिने भन्ने धम्कि समेत दिएपछि पत्रकारहरुका आ आफना आस्थाका संगठन र पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले समेत घटनाबारे प्रेस बिज्ञप्ति निकाल्दै दोषिमाथि कारबाहिको माग गरेका थिए ।
समाचारमा कोहलपुर नगर स्वास्थ्य मातहतका स्वास्थ्य संस्थामा सिटामोल समेत नभएको र नगर अस्पतालमा सिकलसेल बिरामीहरुका लागि चेक जाँच गर्ने मेसिन समेत काममा नआएको र अन्य ल्यावका मेसिन समेत प्रयोगमा नआएको भन्ने बारे उल्लेख गरिएको थियो । समाचारमा अनिल सिंह ठकुरीको नाम समेत कोड गरि समाचार आएपछि ठकुरी आक्रोशित भएका थिए । तर स्वास्थ्य शाखा प्रमुख भएपछि जस अपजसको जिम्मेवार उनले नै लिनुपर्ने पत्रकारहरुले बताएका छन ।
छलफल पछि एक प्रेस बिज्ञप्ति जारी गर्दै स्वास्थ्य शाखा प्रमुख ठकुरीले कोहपुर नगर क्षेत्रका स्वास्थ्य संस्थाहरुमा भएको औषधि अभाव परिपुर्ति गर्न असोज १ गते टेण्डर आव्हान गरिसकेको उल्लेख गर्दै औषधि ब्यबस्थापनकालागि अहोरात्र खटिईरहेको समेत उल्लेख गरेका छन ।
बिज्ञप्ति अनुसार ठकुरीले कोहलपुर टाईम्समा प्रकाशित कोहलपुर नगर अस्पतालमा छैन सिटामोल, ल्याव मेसिन समेत बेकामे भन्ने समाचारले आफनो ब्यक्तिगत चरित्र हत्या गरेको उल्लेख गर्दै उक्त समाचारका बिषयमा कार्यकारी सम्पादक रिजालसंग अर्मयादित शब्द प्रयोग भएकोप्रति आत्मआलोचना सहित क्षमा माग्दछु भन्ने उल्लेख गरेका छन ।
साथै उनले रिजाल सहित। कुनैपनि सञ्चारकर्मि, पत्रकार तथा सञ्चार संस्थासंग आफनो कुनै पुर्वाग्रह नभएको भन्दै ठकुरीले समाचार लेख्दा सम्बन्धित पक्षसंग आफनो धारणा राख्न दिनुपर्ने उल्लेख गरेका छन । उनले अन्तमा पुर्ण प्रेस स्वतन्त्राको सम्मान गर्ने प्रतिबद्धतम समेत ब्यक्त गरेका छन ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर