कोहलपुर बसपार्कनजिकै बस्दै आएका किशोर बेपत्ता

कोहलपुर बाँके असोज ११

सल्यानको बनगाउँ कुविन्डे दह नगरपालिका–१० घर भई हाल कोहलपुर नगरपालिका–११ बसपार्कनजिक बस्दै आएका एक किशोर बेपत्ता भएका छन् । १५ वर्षीय झलनाथ घर्तीमगर भदौ २६ गतेदेखि बेपत्ता भएका हुन् ।

छोरा अकस्मात हराएपछि उनका बाबु इन्द्रबहादुर घर्तीमगरले छोरा खोजिदिन इलाका प्रहरी कार्यालय कोहलपुरमा निवेदन दिएका छन् । झलनाथ कुनै आफन्तको सम्पर्कमा पनि नआएको इन्द्रबहादुरले जानकारी दिए ।

कक्षा ६ मा पढ्दै गरेका झलनाथ अपाङ्गता भएका व्यक्ति हुन् । उनको साथमा अपाङ्गता परिचय पत्रसमेत रहेको पारिवारिक स्रोतले जनाएको छ । अन्दाजी ४ फिट अग्ला उनी पातला र कालो वर्णका छन् ।

किशोरको खोजी कार्य तीव्र पारिएको जनाउँदै यस्तो हुलिया भएको कुनै किशोर भेटिएमा नजिकको प्रहरीमा खबर गरिदिन कोहलपुर प्रहरीले आग्रह गरेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर