कोहलपुर(नेपालगन्ज १३२ र ३३ केभी सबस्टेसनको शिलान्यास


कोहलपुर बाँके असोज । कोहलपुर(नेपालगन्ज १३२ केभी प्रशारण लाईन तथा १३२र३३ केभि सबस्टेशनको शिलान्यास गरीएको छ । बाँकेको जानकी गाँउपलिका ५ बकसपुरमा निर्माण गरीने आयोजनाको बुधबार उर्जा, जलस्रोत तथा सिचाई मन्त्री शक्ती बहादुर बस्नेतले शिलान्यास गरेका छन ।

बुधबार एक विशेष समारोहका बिच मन्त्री बस्नेतले विधिवत रुपमा प्रसारण लाइन तथा सबस्टेसनको उद्घाटन गरेका हुन । उद्घाटन समारोहमा बोल्दै मन्त्री बस्नेतले जिल्लामा देखिदै आएको बिद्युत समस्या समाधानकालागी सबस्टेसन निर्माण गर्न लागिएको बताए । उनले बकसपुरमा निर्माण हुने सवस्टेसन मार्फत नेपालगन्ज र आसपासका क्षेत्रमा नियमित रुपमा विद्युत सेवा उपलब्ध हुने विश्वास ब्यक्त गरे ।

आगामी २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी योजना अगाडी बढाईएको बताउँदै मन्त्री बस्नेतले विशेष गरी यहाँका उद्योगी ब्यवसायीले झेल्नुपरेको विद्युतको समस्यलाई लक्षित गर्दै आयोजना संचालन गरीएको बताए । उनले नेपालको सबै ठाउँमा पूर्ण विद्युतिकरण गर्नेगरी सरकारले तिव्र गतिमा काम गरिरहेको बताए । आगामी दुई वर्षपछि देशको सबै ठाउँमा विद्युत पुग्ने दाबी गर्दै मन्त्री बस्नेतले दुई वर्षभित्र हुम्लाको मन्खासम्म विद्युत पुगाएर देशको सबै भू(भागलाई पूर्ण विद्युतिकरण गर्ने लक्ष्यका साथ अहिले तिव्र गतिमा विभिन्न आयोजनाको निर्माण कार्य चलिरहेको जानकारी दिए ।

मन्त्री बस्नेतले आयोजनाको काम समयमै सम्पन्न गर्नका लागि सरोकारवाला निकायले खबरदारी गर्नुपर्ने बताए ।

आयोजनाबारे जानकारी गराउँदै कोहलपुर(नेपालगन्ज १३२ केभी प्रसारण लाइन आयोजनाका प्रमुख रन्जन गुरुङले २०० मेघावाट क्षमताको यो सबस्टेशन निर्माण भएर बिद्युत आपूर्ति सुरु भएपछि बाँकेका विद्युत सम्बन्धि सबै समस्या समाधान हुने बताए ।

उनले डेढ अर्बको लागतमा निर्माण गरिने सो आयोजना र सबस्टेशनको निर्माण कार्य दुई वर्षमा पूरा गर्नेगरी पावर चाइना सेपको नामक कम्पनीले ठेक्का पाएको बताए । प्रशारण लाइन तथा सबस्टेशनका लागि चार विगाह ७ कठ्ठा ८ धुर जग्गा उपलब्ध गराईएको गुरुङले बताए ।

सो अवसरमा जानकी गाउँपालिका ५ का वडा अध्यक्ष टीकाराम यादव, लुम्बिनी प्रदेश सभाका सदस्यहरु रत्न खत्री र बादशाह कुर्मी, नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले आयोजनाबाट हुने फाइदाका बारेमा आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा पुर्वमन्त्री सत्या पहाडी, उर्जा, जलश्रोत र सिंचाइँ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, लुम्बिनी प्रदेशका पूर्वमन्त्री कृष्णा केसी, सिंचाइँ विभागका महानिर्देशक चुर्न ओलीलगायत बाँकेका प्रहरी प्रशासन प्रमुखको पनि सहभागिता रहेको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर