चाडपर्व लक्षित बजार अनुगमन तीव्र

कोहलपुर बाँके असोज ११

बाँकेमा चाडपर्व लक्षित बजार अनुगमन सुरु भएको छ । बुधबार मात्रै संयुक्त बजार अनुगमनका क्रममा पुष्पलालचोकको एक भेटेनरी पसलबाट २५ हजार रुपैयाँबराबरका म्याद सकिएका औषधिजन्य पदार्थ जफत गरी जरिवना गरिएको छ ।

बजार अनुगमनमा सहभागी चिकित्सक डा। विनोद कर्णले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा पनि ठगी हुने गरेकोमा दुःख व्यक्त गरे । उनले बजारमा उपभोक्ता ठग्ने क्रम बढिरहेको महसुस भएको बताए ।

बिलबिजक र पसल दर्तालाई व्यवसायीले प्राथमिकतामा नराखेको पाइएको उनको भनाइ छ । उनका अनुसार किराना तथा डेरीहरूमा बिना बिल खरिद गरिएका सामानको बिगबिगी भएको पाइएको बताए ।

म्याद नाघेको र सामानमा म्याद नै नभएको बस्तुको बिक्री वितरण सामान्यजस्तो देखिएको उनको अनुभव छ । अखाद्य बस्तुको खुलेआम बिक्री वितरण भइरहेको, सडेको, ढुसी लागेको, म्याद नाघेको कच्चा पदार्थको प्रयोग भएको पाइएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर