एपीएफ स्कुल कोहलपुरमा अत्याधुनिक छात्ररछात्रावास बन्दै

कोहलपुर बाँके अशोज १०, सशस्त्र प्रहरीले कोहलपुरमा सञ्चालन गरेको नेपाल एपीएफ स्कुलमा पूर्ण आवासीय छात्ररछात्रावास बन्ने भएको छ ।

स्कुल परिसरभित्र बन्ने अत्याधुनिक छात्ररछात्रावास भवनको मंगलबार सशस्त्र प्रहरी बल नेपाल नं। ५ विन्ध्यवासिनी बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अभिकुमार खत्रीले शिलान्यास गरेका थिए ।

छात्र÷छात्रावास भवन निर्माणको जिम्मा मार्गदेवी वाईएस बिल्डर्स जेभी कम्पनी भक्तपुरले लिएको छ ।

एकतले सुविधासम्पन्न छात्ररछात्रावास भवन पाँच करोेड ६७ लाख ८ हजार ५ सय ७० रुपैयाँ ६८ पैसा लागतमा निर्माण हुन गइरहेको एपीएफ स्कुलका शिक्षक हरि देवकोटाले जानकारी दिए । स्कुलमा अध्ययनरत विद्यार्थीहरूका लागि यो अत्याधुनिक सुविधासम्पन्न होस्टेल बन्न लागेको उनले जानकारी दिए ।

निर्माणको जिम्मा पाएको मार्गदेवी वाईएस बिल्डर्स जेभीले ९ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता रहेको छ । होस्टेल सञ्चालनमा आएपछि सशस्त्र प्रहरीका सन्तानहरूलाई ६० प्रतिशत र अन्य नागरिकका सन्ततिहरूलाई ४० प्रतिशत छुट हुने बताइएको छ ।

शिलान्यास कार्यक्रममा स्कुल व्यवस्थापन समितिका अध्यक्ष, कोहलपुर नगरपालिका शिक्षा शाखा प्रमुख, सुरक्षा अधिकारीहरू, शिक्षक, विद्यार्थी, अभिभावकलगायतको उपस्थिति रहेको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर