कचनापुर क्षेत्रमा आंतक मच्चाइरहेको पाटेबाघ मृत

कोहलपुर बाँके असोज १० ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–२ कचनापुर क्षेत्रमा केही दिनयता आंतक मच्चाइरहेको पाटेबाघ मृत फेला परेको छ । कचनापुरस्थित अशोक सामुदायिक वनमा मंगलबार बेलुकी ७ बजेतिर बयस्क बाघ मृत अवस्थामा फेला परेको हो ।

डिभिजन वन कार्यालय बाँकेका निमित्त वन अधिकृत गणेश खड्काका अनुसार बाघको मृत्युको कारण खुलेको छैन । मृतक पाटे बाघको बुधबार ९आज० स्वास्थ्य परीक्षण गरिँदै छ ।

स्थानीयका अनुसार उक्त बाघ केही दिन अघिदेखि गाउँमा देखिएको थियो । बाघले असोज १ गतेदेखि ८ गतेसम्म स्थानीयले पालेका पशुचौपायालाई समेत आक्रमण गरेको थियो ।

गाउँमा पसेर पशुचौपायालाई आक्रमण गरेको खबर थाहा पाएपछि उक्त बाघबाट जोगिन बाँके राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय बाँकेले स्थानीयवासीलाई सजग भएर रहन आग्रह गरेका थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर