भौतिक पूर्वाधार विकासमा प्रतिनिधि सभा सदस्य ढकालको जोड ।।

कोहलुर बाँके । असोज १०

क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य सूर्यप्रसाद ढकालले आफू निर्वाचित भएर गएपछि आफूले जिल्लाको भौतिक पूर्वाधार विकासमा जोड दिएको बताएका छन् ।
मंगलबार कोहलपुरम एक पत्रकार सम्मेलन गर्दै सांसद ढकालले भौतिक पूर्वधारमा भएको प्रगतिबारे जानकारी दिएका थिए ।
आर्थिक वर्ष २०८०÷०८१ मा आफूले भौतिक पूर्वधारमा मात्र ९ करोड २३ लाख बजेट यस क्षेत्रका लागि पार्न सफल भएको बताए । क्षेत्र नम्बर १ का विभिन्न योजनाका लागि सो रकम खर्च गरिने उनले जानकारी दिए ।
सो बजेट नरैनापुर २ हुलाकी राजमार्ग ग्राभेल, राप्ती सोनारी ७ सोनपुर हेल्थपोष्ट हुँदै पिप्रवाह लालपुर कालोपत्रे तथा स्तरोन्नति र महेन्द्र राजमार्गदेखि एपीएप स्कुल हुँदे पुष्पनगर लक्ष्मी मावि स्कुलसम्मको दुवैतर्फ नालीसहित कालोपत्रेका लागि खर्च गरिनेछ ।

त्यसैगरी, शक्ति नगर हँुदै मुक्तिनगर जोड्ने नालामा कल्भर्ट, आनन्द चर्च विद्या स्कुल हुँदै बुद्ध चोकसम्म कालोपत्रेलगायतका काममा सो बजेट खर्च गरिने उनले जनाए । कतिपय स्थानमा काम सुरु भइसकेको पनि सांसद ढकालले जानकारी दिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर