आज सुन चाँदीको भाउ घट्यो

काठमाण्डौं,९ असोज ।

आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा चार सय र चाँदी ३० रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

हिजो तोलाको १ लाख १२ हजार २ सय रुपैयाँ थियो । यस्तै, चाँदी आज तोलाको १ हजार ४ सय रुपैयाँ छ । हिजो तोलामा १ हजार ४ सय ३० रुपैयाँ थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर