सिचाइ पोखरीमा डुबेर रोल्पाका एक बालकको मृत्यु

रोल्पा, ८ असोज ।
रोल्पाको सुनिलस्मृति गाउँपालिका २ चयनधारा बस्ने कृष्ण बोहराको छोरा ३ वर्षीय सज्जन बोहराको सोही ठाउँस्थित रातो माटो सिचाई पोखरीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ ।

डुबेर अशक्त भएका उनको उद्दार गरी प्राथमिक स्वास्थ्य केन्द्र भिङग्री प्युठान लगिएको थियो । बोहराको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । यस बारे थप अनुसन्धान भइ रहेको प्रहरीको भनाइ छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर