कृषि अध्ययनकालागि अनलाईन आवेदन माग


कोहलपुर बाँके ८ असोज, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनले कृषि संकाय अध्ययनकालागी प्रवेश परीक्षाको आवेदन फारम खुल्ला भएको जनाएको छ । विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गोरखा पोलिटेक्निक कलेज एण्ड रिसर्च सेन्टरले आईतबार कोहलपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नयाँ शैक्षिक सत्रकालागी कृषि स्नातक तहमा प्रवेश परीक्षाको अनलाईन आवेदन खुलेको जनाईएको हो ।

आवेदन फारम भर्ने अवधी असोज १२ गतेसम्म तोकिएको छ । जसकालागी कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको वेबसाइट धधध।बाग।भमग।लउरबमmष्ककष्यल बाट अनलाइन आवेदन फारम भर्न सकिने छ ।

विश्वविद्यालय अन्तर्गत कोहलपुरको गोरखा पोलिटेक्निक कलेज एण्ड रिसर्च सेन्टर सहित देशभरका ७ वटा क्याम्पसमा एकसाथ अनलाईन आवेदन खुला गरीएको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनका अनुसन्धान तथा प्रसार निर्देशनालय निर्देशक डा। ऋषिराम कट्टेलले जानकारी दिए । विद्यार्थीहरुको मागलाई मध्यनजर गर्दै अहिले चितवनकासाथै काठमाण्डौंबाट समेत ईन्टार्स दिने ब्यवस्था मिलाईएको बताउँदै कट्टेलले आगामी दिनमा विध्यार्थीहरुको माग र आवश्यकताका आधारमा अन्य ठाँउबाट समेत प्रवेश परीक्षा दिनसक्ने ब्यवस्था मिलाईने बताए ।

प्रवेश परीक्षाको आवेदन फारम भर्नकालागी एसएलसीरएसइइ वा सो सरहको परीक्षामा कम्तीमा द्वितीय श्रेणी वा “सी ग्रेड”मा उत्तिर्ण भई आई।एस्सी ९विज्ञान० वा १०ं२ ९विज्ञान० वा १०ं२ ९कृषि विज्ञान, वन विज्ञान वा पशु विज्ञान० विषयमा प्राविधिक प्रमाणपत्र तह वा सो सरह अध्ययन गरी कुल प्राप्ताङ्कको कम्तीमा ४५५ अङ्क वा प्रत्येक विषयमा “सी ग्रेड”का साथै कूल प्राप्ताङ्क “सी जीपिए” मा २।२ प्राप्त गरी उत्तीर्ण भएको हुनुपर्ने क्याम्पसले जनाएको छ ।

कृषि संकायको प्रवेश परीक्षाकोलागी अनलाईन आवेदन खुलेसँगै बाँकेको कोहलपुरमा रहेको गोरखा पोलिटेक्निक कलेज एण्ड रिसर्च सेन्टरले समेत आवेदन दिन विद्याथीरुहलाई आह्वान गरेको छ । पश्चिम नेपालकै उत्कृष्ट बिद्यालयका रुपमा स्थापीत गोरखा स्कुलको सहसंस्थाका रुपमा कोहलपुर नगरपालिका वडा नं। २ मा गोरखा पोलिटेक्निक एण्ड रिसर्च सेन्टर संचालनमा रहेको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनबाट २०७५ सालमा सम्बन्धन प्राप्त गरेको उक्त कलेजमा ५० जना विद्यार्थीको कोटा रहेको क्याम्पसले जनाएको छ ।

क्याम्पस प्रमुख प्रोफेसर इश्वरी चन्द्र प्रकाश तिवारीले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, चितवनले आफ्ना सबै आंगिक तथा निजि कलेजहरुका लागि एकद्धार प्रणलीबाट शैक्षिक सत्र २०८०र०८१ का लागि कृषि स्नातक ९बिएस्सीएजी० तहको प्रवेश परीक्षाको आवेदन फारम खुलाएको जानकारी दिए ।

विश्वविद्यालयले प्रवेश परीक्षाको आवेदन फारम खुलाएसँगै गोरखा पोलिटेक्निक एण्ड रिसर्च सेन्टरको पाँचौं ब्याचकालागी ईच्छुक विद्यार्थीहरुले आवेदन दिन सक्ने तिवारीले बताए । तिवारीका अनुसार कृषी संकाय अध्ययन गर्न चाहने विद्यार्थीहरुकालागी क्याम्पसले १० प्रतिशत अनिवार्य छात्रबृत्ति समेत प्रदान गर्दै आएको बताए । कृषि विज्ञान पढ्न चाहने विद्यार्थीहरुलाई कोटा अनुसार छात्रवृत्ति प्रदान गर्दै आएको क्याम्पसले पढाई सँगसँगै विद्यार्थीहरुको प्रयोगात्मक अभ्यासकालागि रिसर्च सेन्टर समेत संचालन गर्दै आएको तिवारीले बताए ।

२०७५ सालदेखी पश्चिम नेपालका विद्यार्थीहरुलाई लक्षित गरी स्नातक तहमा कृषी संकाय संचालन गर्दै आएको गोरखा क्याम्पसबाट चौंथो ब्याचका विद्याथीहरु पसआउटको तयारीमा रहेको जनाउँदै क्याम्पस प्रमुख तिवारीले उनीहरूले ६ महिनाको इन्टर्नसिप गर्नुपर्ने बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा केही विद्यार्थीहरुले प्रयोगात्मक रुपमा काम गरिरहेको जानकारी दिदैं तिवारीले थप इन्टर्नसिपकालागि उनिहरुलाई ईजरायल पठाउने तयारी भईरहेको बताए । नेपालमै इन्टर्नसिप गरेका वा ईजरायलबाट इन्टर्नसिप गरेर फर्किएका विद्यार्थीहरुलाई मात्र क्याम्पसले शैक्षिक सिकाईको प्रमाणपत्र उपलब्ध गराउने तिवारीले जानकारी दिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर