तुलसीपुरमा खुकुरी प्रहारबाट एक महिलाको हत्या

तुलसीपुर,६ असोज ।

दाङको तुलसीपुरमा खुकुरी प्रहार गरि एक महिलाको हत्या गरिएको छ । आज दिउसो साढे २ बजेतिर तुलसीपुर ११ बेलटाकुराको भगवति टोलका करिव ३९ वर्षीय टेक बहादुर हमालले सोही ठाउँकी अन्दाजी ४३ वर्षिय रिता लामिछानेमाथि खुकुरी प्रहार गर्दा उनको हत्या भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसी जानकारी दिनुभयो । प्रहरीका अनुसार हमालले घरमा रहेको खुकुरीले रिताकै घर अगाडि घाटीमा प्रहार गरि हत्या गरेका थिए ।

यस्तै,उनले सोही ठाउँका अन्दाजी ४५ वर्षीय बिर बहादुर हमाल र ६५ वर्षीय कमला कुमारी हमाल खुकुरी प्रहार बाट घाइते भएका छन् । खुकुरी प्रहारबाट बिर बहादुरको दाहिने हातमा चोट लागेको छ । दुबै जनाको राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरूको अबस्था मध्यम रहेको छ । खुकुरी प्रहार गर्ने टेक बहादुरलाई घरभित्र लुकिछिपि बसेको अबस्थामा उनलाई खुकुरी सहित प्रहरीले नियन्त्रणमा लिएको छ । यस बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर