वनयजन्तु संरक्षणमा विद्यार्थीहरुलाई सचेतना अभिमुखीकरण ।

शिवानी बि.क कोहलपुर बाँके असोज ६
प्राकृतिक संरक्षण तथा वन्यजन्तुको सुरक्षाबारे जानकार दिर्ई जागरुक गराउने उद्देश्यले बाँके राष्ट्रिय निकुञ्जले विद्यालय स्तरीय चित्रकला प्रतियोगिता तथा स्न्याप प्रश्न उत्तर कार्यक्रम गरेको छ ।
बाँके राष्ट्रिय निकुञ्ज सुरक्षामा खटिएको नेपाली सेनाले प्रकृति र वनयजन्तु संरक्षण तथा सुरक्षा सम्बन्धि विद्यार्थीहरुलाई सचेतना अभिबृद्धिका लागि नयाँ अभ्यास थालेको हो । निकुञ्जले निकुञ्ज आसपासका मध्यवर्ति क्षेत्र अन्तर्गत राप्ती सोनारी –८ अन्तर्गतका विद्यालयका छात्र छात्रालाई सहभागी गराएको थियो ।
विद्यालयका छात्र छात्रालाई निकुञ्जको सुरक्षा र मध्यवर्ति क्षेत्रका स्थानिय बासिन्दासँगको सम्बन्धबारे जानकारी दिनकोलागि यस्ता कार्यक्रमको आयोजना गरीएको बाँके राष्ट्रिय निकुञ्ज सुरक्षामा खटिएको अर्जुन बाण गणका गणपति प्रमुख सेनानी अशोक खड्काले जानकारी दिए । उनले आगामी दिनमा यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिने बताए ।
उक्त कार्यक्रममा चित्रकला प्रतियोगितामा राप्ती सोनारी– ८ स्थित शिवशक्ति माद्यामिक विद्यालयकी छात्रा रोजीना थारु प्रथम, भगवती आधारभूत विद्यालयका छात्र यमलाल कवँर द्वितिय, शिव शक्ति मध्यामिक विद्यालयका छात्रा समिक्षा थारु तृतिय र चौथो पुरस्कार भगवति आधारभूत विद्यालयका छात्रा वेसिना पुनले प्राप्त गरेका थिए ।
प्रतियोगितामा विजेता छात्र छात्रालाई राप्ती सोनारी ८ का वडा अध्यक्ष शालिकराम डाँगी, बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत उत्तम चौधरी, मध्यवर्ति क्षेत्र ब्यवस्थापन समितीका अध्यक्ष गेहेन्द्र कुमार खड्कालगायतले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा राप्ती सोनारी ८ अन्तर्गतका ५ वटा विद्यालयका १०९ जना छात्र छात्रालाई सहभागिता गराएको प्रमुख सेनानी खड्काले जाकारी दिए ।
साथै विद्यार्थीसँग कार्यक्रममा उपस्थित भएका शिक्षकहरुलाई सम्बन्धित विद्यालयको पुस्तकालयमा राखेर अध्ययनकालागि संरक्षणका क्षेत्रमा काम गरिरहेको विभिन्न संघ संस्थाको सहयोगमा निकुञ्ज र वन्यजन्तु संरक्षण सम्बन्धित पुस्तकहरु पनि उपलब्ध गराईएको थियो ।
चित्रकला प्रतियोगिता तथा स्नायप प्रश्न उत्तर कार्यक्रमकालागि बाँके राष्ट्रिय निकुञ्ज कार्यालय तथा संरक्षण साझेदार संस्थाहरु जेडएसएल नेपाल, हिमालयन नेचर, तराई भुपरिधि कार्यक्रम (ताल)लगायतले सहकार्य गरेका थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर