नेपालगन्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित चार जना भारतीय पक्राउ

कोहलपुर बाँके असोज ५
नेपालगन्जस्थित राँझा विमानस्थलबाट अवैधरूपमा काठमाडौँ लैजान लागिएको ३२ थान मोबाइल सेटसहित चार जना भारतीय नागरिक पक्राउ परेका छन् ।

नेपालगन्ज विमानस्थलमा रहेको एक्सरे मेसिनमार्फत जाँचका क्रममा करिब ९ लाख रुपैयाँ मूल्यबराबरका मोबाइल सेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

भारतको मध्यप्रदेश राज्य इन्दौर सुदामा नगरका अमित सोलंकीको साथबाट ८ थान, पागनिसपागाका सचिन कुकरेजको साथबाट ८ थान, द्वारकापुरीका कमल बंसारीको साथबाट ८ थान र ब्लक काँलोगीका अमित सोलंकीको साथबाट ८ थान गरी जम्मा ३२ थान मोबाइल बरामद गरिएको डिएसपी डाँगीले जानकारी दिए ।

उनीहरू चारै जनाको विमानस्थलमा झोला एक्सरे मेसिनमार्फत जाँच गर्ने क्रममा मोबाइल सेट फेला परेको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट वन प्लस, अप्पो, रेलमी, रेडमी, सामसुङ मोबाइलका सेट बरामद गरिएको हो ।

मोबाइल खोलभित्र नरहेको र खुलारूपमा रहेको प्रहरीले जनाएको छ ।

यसअघि भदौ २५ गते पनि नेपालगन्ज विमानस्थलबाट काठमाडौ जाँदै गरेको अवस्थामा एक्सरे मेसिनमार्फत जाँचका क्रममा एक जना सरकारी कर्मचारीलाई स्रोत नखुलेको २६ लाख रुपैयाँसहित प्रहरीले पक्राउ गरेको थियो ।

मोबाइल सेटसहित पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाइएको डाँगीले बताए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर