कर्णाली प्रदेश अस्पताल सुर्खेतमा सल्यक्रीयापछि एक सुत्केरीको मृत्यु

बाँके संवाददाता,

सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा सल्यक्रीयापछि एक सुत्केरी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका(२ घर भई हाल वीरेन्द्रनगर नगरपालिका(४ बस्दै आएकी ३० वर्षीय जानकी रेग्मी अधिकारी रहेकी छन् ।उनको शल्यक्रिया गरिसकेपछि अस्पतालमै मृत्यु भएको हो । उनका ससुरा तिलक अधिकारीका अनुसार जानकी २९ गते अस्पतालमा भर्ना भएकी थिइन् । अस्पतालमा भर्ना पश्चात् उनले शुक्रबार नै प्रसूति वार्डमा छोरा जन्माएकी थिइन् ।

तिलक भन्छन‘छोरा जन्मेपछि बुहारीलाई जनरल वार्डमा राखियो, त्यति बेलासम्म अवस्था सामान्य थियो । छोरालाई दूध समेत खुवाएकी थिइन्, सोही वार्डमा एक्कासि बेहोस भइन्, अनि उनलाई आइसियुमा राखियो । शनिबार उनलाई अस्पतालले एक्कासि मृत घोषणा गर्यो ।’ बच्चा जन्माएको २४ घण्टामा सुत्केरीको मृत्यु हुनु अस्पतालको चरम लापरबाही प्रमुख कारण रहेको पीडितहरूको भनाई छ । बच्चा भने अहिले आइसीयुमै छ ।

उनले भने ’प्रदेश राजधानीको सुविधा सम्पन्न अस्पतालमा आउँदा पनि सुत्केरी सुरक्षित हुन नसक्नु आफैमा विडम्बना हो, ’के कारणले मृत्यु भएको हो भन्ने अस्पतालले अहिलेसम्म भनेको छैन ।’उनका अनुसार अस्पतालले नयाँ घटना भएको र आफूहरू पनि अचम्मित भएको जवाफ दिएको छ । अहिले पीडितहरू अस्पतालमा छन् । शवको पोस्टमार्टम गर्ने तयारी भइरहेको उनले बताए । मृत्युको कारण अहिलेसम्म अस्पतालले नदिएको पिडीतहरुको भनाई छ । अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले भने घटनाको विषयमा समीक्षा हुन लागेको र यद्यपि कारणबारे उनले आफूलाई जानकारी नरहेको बताए । समीक्षापछि मात्र घटनाबारे थाहा हुने उनको भनाइ छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर