सल्यानमा मृत भेटिएका आमाछोरीको हत्या भएको हुन सक्ने प्रहरीको आशंका

तुलसीपुर ३० भदौ ।

सल्यानमा आफ्नै घरमा मृत अवस्थामा भेटिएका आमाछोरीलाई प्रहरीले शंकास्पद भनेको छ । खबर पाए लगत्तै पुगेको प्रहरीले स्थानीयको भनाइ र घटनास्थलको दृष्य फरक देखेपछि घटना शंकास्पद लागेको सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले बताउनुभयो । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर २ धामी ढुङ्गा निवासी सुकबहादुरकी श्रीमती ३२ वर्षीया रेवती थापा र उनकी ९ महिने छोरी ऋतुको शव घरमै जलेको अवस्थामा आज बिहान भेटिए पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

सल्यानमा ग्यास चुहावट हुँदा आमा छोरीको मृत्यु
बिहानसम्म स्थानीयले कसैले ग्यास चुहावट भएको त कसैले घरमा आगलागी भएको बताएका थिए । यता प्रहरी प्रमुख कार्कीले भने आमा छोरीको शरीरका विभिन्न भाग, अनुहार र ओछ्‌यान मात्रै जलेकाले हत्या भएको आशंकामा आफूहरू पुगेको बताउनुभयो । घटना पत्ता लगाउन नेपालगञ्जबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान सुरु गरिएको छ । घटना स्थलमा अहिले ३० जना प्रहरी परिचालन गरिएको छ । मृतकका श्रीमान २ महिना अघि रोजगारीका लागि भारतमा जानु भएको थियो । घरमा टिनको छानो भएको र ग्यास पनि केहि नभएकाले हत्या नै हो भन्ने निष्कर्षमा प्रहरी पुगेको देखिन्छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर