राष्ट्रिय बाल दिवसको अबसरमा प्रभातफेरी

कोहलपुर बाँके, २९ भदौ आज ५९ औं राष्ट्रिय बाल दिवस, कोहलपुरमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ आज राष्ट्रिय बाल दिवस कोहलपुरमा मनाइएको हो । नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ । सन् १९९०, सेप्टेम्बर १४ तारिखमा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिइ राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिएको हो ।

यसै बिच राष्ट्रिय बाल दिवसको अबसरमा कोहलपुर नगरपालीका वडा नं. १ मा प्रभातफेरी गरीएको छ । कोहलपुर नगरपालिका वडा नं.१ को आयोजना र वडा स्तरीय बाल क्लबको समन्वयमा प्रभातफेरी कार्यक्रमको आयोजना गरी मनाइएको छ । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालीका वडा नं. १ का वडाध्यक्ष बद्रि प्रसाद जैसीले बालबालीकाको अधिकार सुनिश्चित गर्नका लागी प्रत्येक बर्ष भदौ २९ गते राष्ट्रिय बाल दिबस मनाउने गरीएको बताए । बालबालीकाको क्षमता अभिबृद्धि गर्न, बालबालिकाको पढ्न, लेख्न पाउने, स्वास्थ्य उपचार पाउने लगायतका बालबालिकाको नैसर्गिक अघिकार हो र त्यसलाई हामी सबैले सुनिश्चित गर्नु पर्छ उनले भने, हरेक बर्ष बालबालीकाको क्षेत्रमा बिभिन्न कार्यक्रमको आयोजना गरी उनिहरुको मनोबल बृद्धिका लागी कोहलपुर नगरपालीका वडा नं. १ ले बिशेष भुमिका निर्बाह गर्दै आएके पनि जैसीले बताए । प्रभातफेरीमा कृष्ण माबि, जनज्योती माबि र ब्राईटलाईट से।स्कुलका बिद्यार्थी र जनप्रतिनिधिको सहभागीता रहेको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर