उद्योग बाणिज्य संघ कोहलपुरले तीजको अवसरमा आस्रममा खद्यन्न सहयोग ग¥र्यो ।।

शिवानी बि.क कोहलपुर बाँके
उद्योग बाणिज्य संघ कोहलपुरले तीजको अवसरमा कोहलपुरमा रहेको नीलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्रमा खाद्यान्न सहयोग गरिएको छ । हरितालिका तीजको अवसरमा शुभकामना आदान प्रदान गर्दै दर खाने कार्यक्रम आयोजना गरी खाद्यान्न सहयोग गरेको हो । सामाजिक कार्य गर्ने र सन्देश प्रवाह गर्नको लागि यो वर्ष कोहलपुरमा रहेको नीलसागरको संरक्षणमा रहेका २५ जना असहाय, अशक्त, तथा जेष्ठ नागरीकहरूमा चाड पर्व नजिकिदै गर्दा परिवार तथा आफन्तको अभाव महसुस नहोस् भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरेको उद्योग बाणिज्य संघ अध्यक्ष लक्ष्मण राज पौडेलले बताए ।

कोहलपुर क्षेत्रकी समाजसेवी तथा स्वास्थ्यकर्मी अञ्जु न्यौपानेको पहल एवम् अगुवाईमा सञ्चालित नीलसागर सहयोगी तथा समाजसेवी नागरीकहरूको सहयोगमा सञ्चालन भईरहेपनि दिर्घकालिन रूपमा सञ्चालनमा चुनौती देखिएकाले संघको तर्फबाट खाद्यान्न समेत सहयोग गरिएको अध्यक्ष पौडेलले बताए । कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले खुला आकाशमुनि रात बिताउन विवश घरबार विहीन, बेसहारा तथा जीवन नै जोखिममा रहेकालाई साहारा दिँदै आएको मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गर्न पाउँदा खुसी लाएको बताए । राज्यले गर्नुपर्ने काम आश्रमले गर्दै आएको भन्दै उनले भने, आश्रमलाई राज्यले उचित सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा बोल्दै नील सागर सेवा आश्रमकी संयोजक अञ्जु नीलसागरले यहाँका विभिन्न स्थानमा वेवारिसे अवस्थामा रहेका मानिसको उद्धार गरेको बताएकि छिन् । आश्रमले सडकमा अलपत्र परेका घाइते तथा बिरामीको उद्धार गरी उपचारपछि आश्रय दिँदै आएको जानकारी दिइन् । आश्रम संचालन गर्न विभिन्न किसिमका चुनौति रहेको भन्दै विभिन्न पार्टीप्यालेसमा गरिने अनावश्यक खर्चभन्दा मानव सेवामा खर्च गर्नसके कोही नहुनेहरुले भोको बस्न नपर्ने न्यौपानेले बताएकि छिन् । उद्योग वाणिज्य संघले गरेको खाद्यान्न सहयोगको प्रशंसा कसरी गरौं उनले भनिन ।

सरकारले गर्नुपर्ने काम हो । तर कोहलपुर उद्योग वाणिज्य संघले यति ठुलो सहयोग गरेको छ धेरै धेरै धन्यावद, आश्रममा रहेकाको उपचारसँगै उनीहरुको विगतको बेदना सुन्दा जोकोही भावुक हुनसक्छन् भन्दै भावुक बनिन् । आश्रमलाई उद्योग वाणिज्य संघले २० बोरा चामल, २० किलो दाल, २० किलो नुन, १० लिटर तेल लगायत फलफुलहरु वाणिज्य संघका अध्यक्ष पौडेल, पूर्व अध्यक्ष तथा केन्द्रिय सदस्य चक्र बहादुर अधिकारी, संस्थापक अध्यक्ष कणर् बहादुर थापा, पूर्व अध्यक्ष नरेन्द्र प्रसाद शर्मा, चिन्तामणी धिताल कार्य समिति सदस्य सर्मिला शाह, लगायतका कार्य समितिका पदाधिकारीले संयोजक नील सागरलाई सामाग्री हस्तान्तरण गरेका हुन् । खाद्य सामग्री वितरणका साथै चण्डी प्रसाद गैरेले कुशेऔशीको अवसर पारी आश्रममा रहेकाहरुलाई १२५ का दरले २५ जनालाई आर्थिक सहयोग गरेका थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर