सरकारले ५० प्रतिशत भन्सार छुटमा २० हजार टन चिनी ल्याउदै

काठमाडौ, २७ भदौ ।

सरकारले मुख्य चाडपर्वलाई लक्षित गरी भन्सार सहुलियतमा २० हजार टन चिनी आयात गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा गरिने २० हजार टन चिनीको आयातमा ५० प्रतिशत भन्सार छुट दिने निर्णय भएको अर्थ मन्त्रालयले जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले १०–१० हजार टन चिनी आयात गर्नेगरी भन्सार छुटको निर्णय भएको मन्त्रालयका प्रवक्ता धनीराम शर्माले जानकारी दिनुभयो ।

चिनीमा ३० प्रतिशत भन्सार महसुल लाग्ने गरेको छ । अब यी कम्पनीले १५ प्रतिशत भन्सार महसुलमा चिनी ल्याउन पाउने छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चाडपर्वका लागि भन्दै ६० हजार टन चिनी आयातको अनुमति माग गरेको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर