नेपालगन्ज विमानस्थलबाट २६ लाख रुपैयाँसहित आन्तरिक राजस्वका अधिकृत पक्राउ, अर्का फरार

बाँके भदौ २५

नेपालगन्ज विमानस्थलबाट प्रहरीले २६ लाख नगद रुपैयाँसहित एक नेपाल सरकारका अधिकृतलाई नियन्त्रणमा लिएको छ ।

आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटालाई प्रहरीले २६ लाख नगद रुपैयाँसहित नियन्त्रणमा लिएको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डिएसपी० नारायण डाँगीले जानकारी दिए ।

‘विमानस्थलभित्रबाट प्रहरीले २६ लाख रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएका छौं’ उनले मिसनटुडेन्यूजसँग भने, ‘यसबारे अन्य विषयमा अनुसन्धान भइरहेको छ ।’

नेपालगन्ज विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरीको टोलीले सापकोटालाई सोमबार बिहान नियन्त्रणमा लिएको थियो ।

विमानस्थल प्रहरी स्रोतकाअनुसार उनी बिहानको ८ः ४५ बजेको श्री एयरको उडानमा नेपालगन्जबाट काठमाडौं जाने तयारीमा थिए ।
चेकजाँचको क्रममा अधिकृत सापकोटा र दिपक पौडेलसँग नेपाली रु। २६ लाख रुपैयाँ बरामद भएको हो ।

अर्को अधिकृत पौडेल भने फरार भएको बाँके प्रहरीले जनाएको छ । उनको खोजीको लागि अहिले विमानस्थल क्षेत्रमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ ।

पक्राउ परेका सापकोटालाई अहिले जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ । बरामद भएको रकमको स्रोतबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर