वन्यजन्तु संरक्षणमा सरोकारवालको चासो ।।

शिवानी बि.क कोहलपुर, भदौ १९
वन र वन्यजन्तु संरक्षणमा महिला पत्रकार र सिमान्तकृत समुदायको महत्वपूर्ण भूमिका रहने सरोकारवाहरुले जोड दिएका छन् । वन र वन्यजन्तु संरक्षणमा महिला पत्रकार भूमिका विषयक अन्तक्रिया कार्यक्रममा उनिहरुले यस्तो बताएका हुन् । वन र वन्यजन्तु रिपोटिङमा महिला पत्रकारको पहँचमा बृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रमको अयोजना गरीएको संचारीका समुह लुम्बिनी प्रदेश उपाध्यक्ष तथा कार्यक्रमको अध्यक्ष रुपा गहतराजले जानकरी दिएकि छिन् । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महाँसघ बाँकेकि उपाध्यक्ष तथा कार्यक्रमकि प्रमुख अथिति करुणा शाहले महिला पत्रकारलाई सवल र सक्षम गराउनका लागि यस्ता कार्यक्रममले लेखन क्षेत्रमा सहयोग पुग्ने बताएकि छिन् ।

कार्यक्रममा बोल्दै बाँके राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत उत्तम चौधरीले निकुञ्जका विषयमा जानकारी दिएका थिए । नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धता अनुरूप बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ आषाढ २८ गते बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग कि.मि. क्षेत्र समेटी नेपालको दशौं राष्ट्रिय निकुञ्जको रूपमा बाँके राष्ट्रिय निकुञ्जको स्थापना भएको उनले जानाए । यस निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिम कोहलपुर सुर्खेत राजमार्ग, उत्तर चुरे पर्वत र दक्षिण पूर्व–पश्चिम राजमार्ग रहेको बताए । यहाँ जैविक विविधताको दृष्टिले वनस्पति प्रजाति, स्तनधारीहरू, बिभिन्न प्रकारका चराको प्रजातिहरू, माछाहरू,यहाँ पाईने बताए । सन्य २०१८ को बाघ गणना अनुसार यस निकुञ्जमा २५ वटा पाटे बाघ रहेका छन ।

यिनको संरक्षण तथा व्यवस्थापनको लागि वन्यजन्तुको आहारा बासस्थान, पानीको उचित व्यवस्थापन गरीएको छ । साथै बाँके राष्ट्रिय निकुञ्जले स्थानिहरुलाई घास दाउरा व्यवस्थापनमा पनि सहयोग गरेको बाँके राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत उत्तम चौधरीले बताए । बाँके राष्ट्रिय निकुञ्जमा १५ वटा मुद्दा दर्ता भएको छ जसमा १३ वटा फैसला,२ वटा बाँकी रहेको छ । उक्त अवसरमा बोल्दै अर्जुनवाण गण बाँकेका सेनानी प्रमुख अशोक खड्काले नेपाली सेना नेपालको कान्छो राष्ट्रिय निकुञ्ज बाँके राष्ट्रिय निकुञ्जमा विगत १३ वर्ष देखि बाँके, दाङ र सल्यानमा तैनाथ रहेको बताए । नेपाली सेनालाई वन्यजन्तु संरक्षण गर्नको लागि पर्यावरणको संरक्षण, जिवजन्तुको सुरक्षा, निकुञ्जमा काम गर्ने कर्मचारीको सुरक्षा, पर्यटकको सुरक्षा र विपत प्रतिकार्य गर्ने जिम्मेवारी भएको बताए ।

आफ्नो धारणा प्रस्तुत गर्दै उनले अधिकांश बाघ र गैँडाजस्ता जनावरबारे पर्याप्त जानकार भएको बताए । उनले भने हालैको समयमा निकुञ्ज वरपर मात्र नभई संरक्षित क्षेत्रदेखि पर रहेका गाउँ शहरमा पनि वन्यजन्तुको आक्रमण हुन थालेको भन्दै प्रकृति र वन्यजन्तु संरक्षणको कामसँगै संरक्षित क्षेत्रसँग जोडिएका मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने समुदायलाई सुरक्षित गर्ने कार्य पनि गरेको जनाए । यस्तै अर्जुनवाण गण बाँकेका सेनानी प्रमुख अशोक खड्काले वन र वन्य जन्तुको विषयमा महिला पत्रकाहरुलाई रिपोर्टिङ गरी आम नागरीकहरुलाई लेखनका आधारमा जानकार गारउन समेत आग्रह गरेका छन् । डिभिजन वन कार्यलयका योजना शाखा प्रमुख गणेश खड्काले वन र वन्यजन्तुको संरक्षणका लागि स्थानिय सरकार, सुरक्षाकर्मीहरुको समन्वयमा सचेतनाका कार्यक्रमहरु संचालन गर्दै आएको बताए । इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपि सुन्दर तिवारीले बाँकेलाई तस्करमुक्त बनाउने चुनौती देखिए पनि कडा एक्सनका रुपमा अगाडि बढेको बताए ।

जेडएसएल नेपाल बाँकेका प्रमुख श्रीराम घिमिरेले नेपालको पश्चिमी तराई परिदृश्यमा बाघ संरक्षणमा पहल गर्दै आएको बताए । बाँके राष्ट्रिय निकुञ्जको उत्तरी मध्यवर्ती क्षेत्रमा काम गर्दै आएको उनले बताए । यस्तै तराई भुपरिधी कार्यक्रमका सह–प्रवन्धक कमल राज राईले तराई भू–परिधि कार्यक्रम लागू गरिएका तराईका पाँच वटा संरक्षित क्षेत्रलाई नेपालमा बाघको परम्परागत वासस्थानका रूपमा लिएको बताए ।

जसमा पूर्वमा पर्सा राष्ट्रिय निकुञ्जदेखि चितवन, बाँके, बर्दिया र पश्चिममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसम्म पर्ने उनले बताए । कोहलपुरका क्रियाशिल महिला पत्रकारहरुले लेखनका आधारमा वन र वन्यजन्तु संरक्षण्मा मद्दत गर्ने अपेक्षा गरिएको छ । संचारीका समुह बाँकेको आर्थिक र प्राविधिक सहयोगमा उक्त कार्यक्रममा बाँकेका क्रियशिल महिला पत्रकारहरुको उपस्थित रहेको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर