सल्यानमा यात्रुबहाक गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

दिपक बोहरा,

दाङ ४ भदौ ।

रुकुम पश्चिमबाट दाङको तुलसीपुर आउँदै गरेको यात्रुबहाक हाईस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुकुम पश्चिम सानीभेरी गाउँपालिका निवासी कमारो कामी र दार्मा गाउँपालिका २ सल्यानका ओमपथ खत्री रहेको राप्ती प्रादेशिक अस्पताल स्रोतले बताएको छ । दुर्घटनामा परि अन्य १३ जना घाईते भएका छन् । ति मध्ये एक जनालाई उपचारकालागि कोहलपुर रेफर गर्ने तयारी रहेको छ ।

अन्य घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए ।

लु २ ख ५७३१ नम्बरको यात्रु बहाक हाइस सल्यानको कपुरकोटमा दुर्घटना भएको हो । कपुरकोट गाउँपालिका – ३ आगरखोला नजिकै दिउँसो ३ बजेतिर दुर्घटनामा परेको हो। घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर