रुकुमबाट नेपालगन्ज जादै गरेको फोर्स गाडी सल्यानमा दुर्घटना
![](https://i0.wp.com/dangtvonline.com/wp-content/uploads/2023/08/1692610339877.jpg?fit=497%2C461&ssl=1)
दाङ, ४ भदौ ।
रुकुमको नुवाकोटबाट नेपालगन्ज जादैँ गरेको फोर्स गाडी सल्यानमा दुर्घटना भएको छ ।
रुकुमको नुवाकोटबाट छुटेको लु २ ख ५७३१ नम्बरको फोर्स गाडी आज दिउसो कपुरकोट गाउँपालिका ३ आगरखोलामा दुर्घटना भएको हो । दुर्घटना स्थलमा प्रहरी, स्थानिय लगाएतकाले उद्धार कार्य जारी राखेका छन् । गाडीमा भएका सबै घाइते भएको र केही गम्भिर घाइते भएको अनुमान गरिएको छ ।
गाडी सडक देखी करिब २ सय मिटर तल खसेको अनुमान गरिएको छ । घटनाका बारेमा थप विवरण आउन बाँकी छ ।