आज लुम्बिनीसहित ५ प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ, १६ श्रावन ।

आज कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकार िदिनुभएको छ । उहाँका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदरभन्दा उत्तरतर्फ र पूर्वतिर सरदर स्थानबाट माथि सर्ने क्रममा रहेको छ ।

मनसुनको रेखा सरदर स्थानभन्दा माथि सरे पानी धेरै पर्ने उहाँले बताउनुभयो । केही दिनयता लगातारजसो पानी परिरहेकाले बाढी पहिरोको जोखिम बढेको छ । पानी परेका क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा बाढीको जोखिम भएकाले मेलम्ची बजारलगायत तल्लो तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर