शिक्षा ऐनमा हाम्रो माग सम्बोधन नभए आन्दोलन गर्छौं : राहत शिक्षक


दाङ १२ साउन ।

नेपाल राहत शिक्षक स्थानीय कार्यसमिति तुलसीपुरको छलफल तथा अन्तरक्रिया कार्यक्रम समितिका अध्यक्ष मेघराज घिमिरेको अध्यक्षतामा तुलसीपुर–५ स्थित आधारभुत विद्यालय सुन्दरनगरमा सम्पन्न भएको छ ।
नेपाल राहत शिक्षक प्रदेश कार्यसमिति लुम्बिनिका बरिस्ठ उपाध्यक्ष लिलाधर बि.क.को प्रमुख आतिथ्यता एवं प्रदेश सचिव निर्मला डि.सि. र जिल्ला अध्यक्ष हेमलालको बिशिस्ट आथित्यतामा सम्पन्न कार्यक्रममा शुभकामना मन्तब्य प्रदेश प्रतिनिधि बिश्वक गौतम, जिल्ला अध्यक्ष हेमलाल आचार्य, प्रदेश सचिव निर्मला डि.सी., प्रदेश बरिष्ठ उपाध्यक्ष लिलाधर बि.क. आदिले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो । तत्कालीन समयमा नेपाल सरकारले दरबन्दी सृजना गर्न नसकेको अवस्थामा विद्यालय क्षेत्र सुधार कार्यक्रम र सबैकालागी शिक्षा कार्यक्रम अन्तरगत राहत दरबन्दीको सृजना भएको थियो। हामी राहत शिक्षकहरु विशेष प्रकृतिका शिक्षकहरु हौं राज्यले हाम्रो स्थायी व्यवस्थापनमा बेवास्ता गरे अन्तिम आन्दोलनको विकल्प नभएको बताउनु भएको थियो ।
“प्रविधियुक्त गुणस्तरीय शिक्षामा अभिभावकको शान
पेसागत सुरक्षा सहितको व्यवस्थापन हाम्रो अभियान !!”
भन्ने नाराका साथ सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा समितिकि उपाध्यक्ष सीता भन्डारिको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सहजिकरण सचिव एकराज भन्डारिले गर्नु भएको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर