डिग्रे मन्दिर जाँदै गरेको जीव दुर्घटना, ८ घाइते

रुकुम पश्चिम, ७ असार ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ बागबजारमा बोलेरो जीप दुर्घटना भएको छ ।
बिहिबार बिहान भे १ च २७९६ को बोलेरो दुर्घटना हुँदा आठ जना घाईते भएका छन् ।

मुसिकोट नगरपालिका १३ को माछ्मीबाट मुसिकोट नगरपालिका ५ थर्पुमा रहेको डिग्रे मन्दिर जादै गरेको जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर घाईते भएका आठ जनालाई उपचारका लागि सल्ले अस्पताल लगिएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकि रहेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर