बागमतीको बजेट ६२ अर्ब ७० करोड

काठमाडौं, १ असार ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँको बजेट ल्याएको छ ।

बागमती प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुरसिंह लामाले चालु तर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार रुपैयाँ र पूँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार रुपैयाँको बजेट ल्याएको छ ।

बागमती प्रदेशले वित्तीय व्यवस्थातर्फ ५० करोड विनियोजन गरेको छ । कुल विनियोजनमध्ये चालु तर्फ ४२.५८ प्रतिशत, पूँजीगत तर्फ ५६.६२ प्रतिशत र वित्तीय व्यवस्था तर्फ ०.८ प्रतिशत रहेको अर्थमन्त्रीले लामाले बताए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर