सर्पको टोकाईबाट दाङमा एक युवकको मृत्यु

दाङ, १२ बैशाख ।
दाङमा सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ शान्तिटोलका २६ वर्षिय रोशन डाँगीको सर्पको टोकाईबाट मृत्यु भएको हो ।

घरमा सुतिरहेका डाँगीलाई गएराती १० बजेतिर ग्रास नामका सपले टोकेको हो । सर्पले दाहिने खुट्टामा टोकेपछि झारफुकको बहानामा अस्पताल लैजान ढिलाई हुँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता पर्वत केसीले जानकारी दिनुभयो ।

सर्पले टोकेपछि डाँगीलाई तुलसीपुर-१४ खोल्चापुरमा झारफुकका लागि लगिएको थियो । तर उपचार सम्भव नभएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । प्रतिष्ठानमा मंगलबार बिहान डाक्टरले डाँगीलाई मृत घोषणा गरेका हुन् । डाँगीको शबलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर