राप्तीका अध्यक्ष विष्टले भने‘जनतालाई मुद्दा नहाल्नुस्, भन्दा मलाई नै मुद्दा हाले’

भालुवाङ,११ वैशाख ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले पूर्वपश्चिम राजमार्ग अन्तर्गत सडक किनारामा परेका रुखहरु काटेको भन्दै जनतालाई मुद्दा हाल्न लागेको थाहा पाएपछि आफूले त्यसको प्रतिकार गरेको बताएका छन् ।

गाउँपालिकाको आयोजना तथा अग्रिम साप्ताहिकको सहजीकरणमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा उनले यस्तो बताए ।‘सडक डिभिजनले निकालेको सूचनाका आधारमा जनताले रुख काट्नु भयो’,उनले भने‘त्यसले पछि यहाँका जनतालाई मुद्दा हाल्ने तयारी भएपछि, मैले मेरो पालिकाका जनतालाई मुद्दा हाल्नु भन्दा मलाई हाल भनेँ, अहिले मैले मुद्दा खेपिरहेको छु ।’ साथै उनले पालिका भित्र फोहर ब्यबस्थापनमा पनि चौतर्फी असहयोग हुने गरेको बताए ।

कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वली, शिक्षा शाखा प्रमुख विश्वास विकलगायतले जवाफ दिएका थिए, भने सहभागीहरुले आफ्ना जिज्ञासा तथा सुझाब राखेका थिए । कार्यक्रमको सहजीकरण अग्रिम साप्ताहिकका प्रकाशक दीपक बोहराले गरेका थिए । साभार: लाइभदाङ

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर