थप ११३ जनामा कोरोना संक्रमण
![](https://i0.wp.com/dangtvonline.com/wp-content/uploads/2023/04/Coronavirus-positive-1-759-1.jpg?fit=759%2C422&ssl=1)
काठमाडौं, ११ वैशाख ।
पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ८१० नमुनामध्ये ७६६ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र १ हजार ४४ जनाको एन्टीजे परीक्षण गर्दा ४९ जना गरी ११३ जनामा कोरोना देखिएको हो ।
यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ३६२ पुगेको छ भने संस्थागत आईसोलेशनमा २९ जना, आईसीयूमा ४ जना र भेन्टिलेटरमा एक जना उपचाररत छन् ।
संक्रमण बढेसँगै कोरोनाविरुद्धको बुस्टर डोज खोज लगाउन स्वास्थ्य मन्त्रालयले सबैमा आग्रह गरेको छ ।