श्रीमतिलाइ हत्या गरेको भन्दै श्रीमान पक्राउ

दाङ, १० वैशाख ।
दाङ प्रहरीले कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १२ रतनपुर निवासी ४१ वर्षीय मेघराज खत्री रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पक्राउ परेका खत्रीले गत वैशाख १ गते राती १० बजेको समयमा आफ्नी ४० वर्षीया श्रीमती शारदा कुमारी खत्रीको हत्या गरी घर नजिकै बारीमा पुरेका थिए । स्थानीयले गाडिएको अवस्थामा महिलाको पैतला देखेपछि प्रहरीलाई खवर गरेका थिए । घटनापछि खत्री फरार रहेका थिए ।

छिमेकीहरुसंगको सोधपुछका आधारमा खोज तलास गर्ने क्रममा घोराही उपमहानगरपालिका वडा नं. ३ भानपुर नजिकै जंगलमा लुकिछिपी बसेको अवस्थामा गत वैशाख ८ गते राती साढे ९ बजे प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

सोधपुछका क्रममा खत्रीले श्रीमती सँगको विवादमा आफुले मुक्का र अन्य चिजबाट हत्या गरी बारीमा गाडेको स्विकार गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक राजन गौतमले जानकारी दिए । खत्रीलाई ५ दिनको म्याद थप गरि अनुसन्धान भई रहेको गौतमले बताए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर