उपाध्यक्ष मशहूदले दिए इद-उल-फितरको शुभकामना

कपिलवस्तु, ८ बैशाख ।

लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले शनिवारका दिन पर्न गएको मुस्लिम धर्मावलंबी हरूको महान चाड इद-उल-फितरको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

मशहूदले इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद-उल-फितरको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीहरु र स्वदेश तथा विदेशमा रहेका नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा सुस्वास्थ्य, शान्ति, समृद्धि तथा प्रगतिकाे हार्दिक शुभकामना व्यक्त गरेका छन्।

उपाध्यक्ष खांले इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद-उल-फितरको अवसररमा सकारात्मक साेच र धैर्यता र एक आपसमा सहयाेग, सद्भाव र हाैसला बढाउनुहुन हार्दिक आह्वान समेत गरेका छन्।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर