दाङमा हत्या गरि मलको थुप्रोमा गाडिएको अवस्थामा शव फेला

दाङ,७ वैशाख ।

दाङमा एक महिलाको हत्या गरि मलको थुप्रोमा गाडिएको अवस्थामा शव फेला परेको छ । घोराही उपमहानगरपालिका वडा नं. १२ हापुर विजौरी निवासी ४१ बर्षीया शारदा खत्रीलाई हत्या गरि घर अगाडीको मलको थुप्रोमा खाल्डो खनेर गाडिएको अवस्थामा शव फेला परेको हो । उनलाई बञ्चरो प्रहार गरि टाउको, घाँटी, अनुहारमा प्रहार गरि हत्या गरिएको भेटिएको प्रहरीले बताएको छ ।

१ बैशाखदेखि नै घरबाट हराएकी खत्रीको खोजी गर्दा बुधबार दिउसो १२ बजेतिर घर अगाडीको मलको थुप्रोमा गाडीएको अबस्थामा शव फेला परेको हो । स्थानीय महिला सुनिता विक घरमा आएर कटहर टिप्न गएको समयमा बाख्रा बाँध्ने स्थानमा खाडलमा शारदाले लगाएको पाउजु देखिएपछि त्यहाँ शव भएको पत्ता लागेको हो । त्यसपछि प्रहरीलाई खबर गरि उनको शव निकालिएको हो ।

उनका दुई छोरा छन् । एक छोरा १४ बर्षीय विवेश केसी छन्, भने अर्का १८÷१९ बर्षका दिपेश केसी छन् । १९ बर्षीय छोरा कमाउनकालागि भारत गएका छन् । उनको आमाको हत्या भएको थाहा पाएपछि नेपाल आउदैछन् । उनका एक छोरी छन् । २१ बर्षीय छोरी दीपा केसीको कञ्चनपुर विहे भएका छन् ।

तर, नयाँ बर्षको दिन दीपा र उनका कान्छा भाई विवेश केसी घोराही १८ हेमन्तपुर स्थित मामा घर गएका थिए। मामा घरबाट ३ वैशाखमा आउँदा आमा वुवा दुबै नभएपछि हजुरआमा भूमा कुमारी खत्रीलाई आमा वुवाका बारेमा सोधेका थिए । तर, घरमा दुबै जना नभएको भनि भूमाले जवाफ दिएकी थिइन । त्यसपछि उनीहरु खोजी कार्य गरेका थिए ।

घरमा उनका श्रीमान मेघराज खत्री र उनकी आमा भुमाकुमारी खत्री बस्दै आएका थिए । ८÷९ महिना घरको सम्पर्क विहनी भएका श्रीमान चैते दशैमा घर आएका थिए । त्यही क्रममा उनीहरुबीच सम्बन्ध विच्छेद गर्ने कुरा चलिरहेको थियो । त्यही क्रममा १ बैशाखदेखि श्रीमति हराएपछि उनी पनि सम्पर्क विहीन बनेका छन् ।
उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले बताए ।

ति महिलाको शवलाई परीक्षणकालागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । छोरी दीपाले वुवा र हजुर आमाको नाममा किटानी जाहेरी दिएकी छन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर