नेपाली सेनाकाे गोरखा-जितगढी पदयात्रा सम्पन्‍न

तुलसीपुर ७ वैशाख।

नेपालको ऐतिहासिक सम्पदाहरु तथा घटनाक्रमको संरक्षण‚ सम्वर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यका साथ चैत्र २९ गते शुरु भएको गोरखा-जितगढी पदयात्रा आज बुटवलस्थित जितगढीमा पुगेर समापन भएको छ । पदयात्रामा सहभागी टोलीलाई समारोह स्थलमा भव्य स्वागत गरिएको छ । गोरखा दरबारबाट शुरु भएको पदयात्रामा सहभागी फौजले नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबै भन्दा पहिले खडा भएका ५ (पांच) ओटा स्थायी कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, वर्दवाणी र सबुज)हरु तथा जितगढी लडाईमा सहभागी गुरुबक्स गुल्मको झण्डासहित पदयात्रा गरेका थिए ।

लुम्बिनी प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठको प्रमुख आतिथ्य एवं बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयको अध्यक्षतामा संचालन भएको समापन समारोहमा मध्य पश्चिम पृतनापति उपरथी याम प्रसाद ढकाल, श्री नं. २२ बाहिनीपति, स्थानीय जनप्रतिनिधिहरु, बुद्धिजिवी, जिल्लास्थित सरकारी निकायका प्रमुख तथा पदाधिकारीहरु, संचारकर्मी लगायत सर्वसाधारणको उपस्थिती रहेको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर