ट्रकको ठक्करबाट दाङमा २ जनाको मृत्यु

तुलसीपुर, ४  बैशाख ।
ट्रकको ठक्करबाट दाङमा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका –११ खैरा निवासी २६ वर्षका सन्देश बस्नेत र १७ वर्षका गोपाल विक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन गौतमले जानकारी दिनुभयो ।

भैरहवाबाट मल लिएर तुलसीपुर जाँदै गरेको लु २ख ३८१ नम्बरको ट्रकले खैरा नजिकै लु ७३ प ११६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दुबै जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।  प्रवक्ता गौतमका अनुसार एकैतिरबाट गइरहेको  ट्रकलाई  मोटरसाइकलले उछिन्न खोज्दा घटना भएको हुनसक्ने प्रहरीले  अनुमान गरेको छ

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर