छात्रामाथि बलात्कार गर्ने पौडेललाई कारवाहीको माग गर्दै विद्यालयमा तालाबन्दी

शान्तिनगर २७ चैत ।

छात्रामाथि बलात्कार गरेको भन्दै शिक्षक खुमानन्द पौडेललाई कारवहीको माग गर्दै विद्यार्थीहरुले शान्तिनगर ७ स्थित शिवशक्ति मावि धनौरामा तालाबन्दी गरेका छन् ।

बिद्यार्थीहरुले आइतबार लेखा शाखा र कम्प्युटर कोठामा तालाबन्दी गरेका हुन् ।

गत चैत २० गते सोही बिद्यालयमा कक्षा १० मा अध्यनरत १६ बर्षीया बालिका माथी खुमानन्द पौडेलले बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी परेको छ ।

पीडितले न्याय नपाउँदासम्म तालाबन्दी गरि राख्ने विद्यार्थीहरुको भनाई छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर