सवारी दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती र छोरी घाइते

घोराही, ५ चैत ।

दाङमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । घोराही–लमही सडक खण्डअन्तरर्गत घोराही उपमहानगरपालिका–३ कुइरेपानीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको हो । बेलुका करिब ६ बजेतिर मिनी ट्रकले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक प्युठानको नौबहिनी गाउँपालिका–६ निवासी ३२ बर्षीय राजन केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका केसीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्त एवं प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभएको छ । उहाँका अनुसार घोराहीबाट लमहीतर्फ जाँदै गरेको प्रदेश ०३–००१ क–०१६९ नम्बरको मिनी ट्रकले विपरित दिशाबाट आउदै गरेको बाग्मती प्रदेश ०२–०१६ प–३६५७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा दुर्घटना भएको थियो ।

दुर्घटनामा मृतक केसीकी श्रीमती २६ वर्षीया सन्ध्या केसी र उहाँकी २ वर्षीया छोरी राष्ट्रियता केसी गम्भीर घाइते हुनुभएको प्रहरी नायव उपरिक्षक गौतमले जानकारी दिनुभएको छ । घाईते दुबैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ । मिनी ट्रक र चालकलाई नियन्त्रणमा लिएर प्रहरीले घट्ना बारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर