तुलसीपुरमा मोटसाइलको ठक्करबाट ३ वर्षीय बालिका घाइते

तुलसीपुर, २१ फागुन । 

दाङको तुलसीपुरमा मोटरसाइलको ठक्करबाट एक बालिका घाइते भएकी छिन । घाइते हुनेमा तुलसीपुर ९ बेलुवा निवासी धनिराम खड्काकी ३ वर्षीय छोरी कृतिका खड्का रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार बेलुवाबाट पुलचोक तर्फ जादै गरेको रा ६ प ११६३ नम्बरको मोटरसाइकलले भण्डारी पसल नजिकै आज आइतबार बेलुका साढे ५ बजेको समयमा ठक्कर दिदा दुर्घटना भएको हो । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर