घोराही–तुलसीपुर सडक आधा घण्टा अवरुद्ध

तुलसीपुर, २१ फागुन ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपाले घोराही–तुलसीपुर सडकखण्ड आधा घण्टा अवरुद्ध गरेको छ ।

घोराही–तुलसीपुर चारलेन सडक निर्माण पुरा गर्नुपर्ने भन्दै नेकपा तुलसीपुर नगर समितिले आइतबार बिहान तुलसीपुरको हात्तीखौवामा बिहान ११ बजेदेखि ११ः३० सम्म उक्त सडक अवरुद्ध गरेको हो ।

सडक निर्माण सुरु नभए थप अन्दोलन गर्ने नेकपाले चेतावनी दिएको छ । दाङको घोराहीको बबई नदीदेखि तुलसीपुरको हात्तीखौवासम्मको २५ किलोमिटर लामो सडक चार वर्षदेखि अलपत्र छ ।

भारतको तथ्य इञ्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्ट प्रालिले जिम्मा पाएको उक्त सडक चार वर्षमा १० प्रतिशत मात्र काम भएको छ । सडक अलपत्र छोडिँदा नागरिकहरुले वर्षभरी धुलो र हिलोले सास्ती खेप्ने गरेका छन् ।

सडक अलपत्र परेको भन्दै यस अघि पनि विभिन्न किसिमका आन्दोलनहरु भएका थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर