तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुदा एकजना गम्भिर घाइते

तुलसीपुर, २१ फागुन ।

दाङमा मोटरसाइकल दुर्घटना हुदा एकजना गम्भिर घाइते भएका छन । घाइते हुनेमा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका १३ निवासी ४० वर्षीय थमन डाँगी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार तुलसीपुरदेखी बागर तर्फ जादै गरेको रा ७ प ५०३३ नम्बरको मोटरसाइकल तुलसीपुर २ बालापुर नजिकै अनियन्त्रीत भएर पल्टिदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भिर घाइते भएका डाँगीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछी थप उपचारका लागी कोहलपुर रिफर गरीएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा चालक मात्रै सवार रहेको र मादक पदार्थ सेवन गरेका कारण दुर्घटना भएको प्रहरीको अनुमान रहेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर