शान्तिनगरमा कर्मचारीले सेवा ठप्प पार्ने

तुलसीपुर, २० फागुन ।

दाङ शान्तिनगर गाउँपालिकाका कर्मचारीले अतिआबश्यक बाहेकका सेवा ठप्प पार्ने भएका छन् । गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत र प्रमुख प्रशासकीय अधिृकत डिल्ली खड्का माथि शान्तिनगर गाउँपालिका वडा नं। २ का अध्यक्ष सुनिल वलीले कार्यकक्षमै दुब्र्यबहार गरेको भन्दै सेवा ठप्प पार्ने निर्णय गरेका छन् ।

पालिकमा रहेको कर्मचारीहरुले शनिबार विज्ञप्ति जारी गरि अतिआबश्यक बाहेक सबै सेवा ठप्प पार्ने जनाएका हुन् । सत्य, तथ्य छानविन नहुँदासम्म उनीहरुले पालिकादेखि वडासम्मका सबै सेवा पार्ने जनाएका हुन् ।

पालिकाका जनप्रतिनिधिले पटक–पटक पालिकाका प्रमुख प्रशासकीय अधिकृत माथि हातपात असभ्य,अभद्र तरिकाले गाली गलौज,सार्वजनिक सम्पतिको तोडफोड, हातपात र आक्रमणको प्रयास हुनु समग्र कर्मचारी माथि आक्रमण हुनु रहेको भन्दै कर्मचारीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

नेपाल निजामति कर्मचारी युनियन शान्तिनगरका अध्यक्ष कृष्ण कडेँल, नेपाल राष्ट्रिय कर्मचारी संगठन शान्तिनगरका संयोजक पृथ्वी नारायण पौडेल र नेपाल निजामति कर्मचारी संगठन शान्तिनगरका संयोजक देवराज आचार्यसहित कर्मचारीले संयुक्त विज्ञप्ति जारी गरि यस्तो जनाएका हुन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर