बैंकविरुद्धका गतिविधि रोक्न सीडीओहरूलाई निर्देशन
काठमाडौं २० फगुन ।
फागुनर बैंक तथा वित्तीय संस्थाविरुद्ध भइरहेका गतिविधि रोक्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थालक्षित आन्दोलन चलिरहेको सन्दर्भमा जिल्ला प्रशासन कार्यालयलाई मन्त्रालयले निगरानी बढाउन भनेको हो ।
त्यस्ता गतिविधि रोक्न एवं आवश्यक निगरानी बढाउन भनिएको छु, गृहसचिव विनोदविक्रम सिंहले भने, शान्ति सुरक्षा कायम गर्नु गृह प्रशासनको दायित्व हो । सोहीअनुसार गर्न भनेका छौँ ।
केही दिनअघि जाजरकोटमा लघुवित्तका कर्मचारीमाथि कालोमोसो दलिएको घटना बाहिरिएको थियो । खासगरी व्यवसायी दुर्गा प्रसाईंले बैंक तथा वित्तीय संस्थाविरुद्ध मानिसहरूलाई उचालिरहेका छन् । उनले सार्वजनिक मञ्चबाटै बैंकका कर्मचारीलाई कालोमोसो दल्ने धम्की दिएका थिए ।