रुकुममा लघुवित्तका कर्मचारीद्धारा सुरक्षाको माग

रुकुम पश्चिम, २० फागुन ।

रुकुम पश्चिममा रहेको लघुवित्त संस्थाले सुरक्षाको माग गरेका छन । हिजो शुक्रबार जिल्ला प्रशासन कार्यालयमा गएर प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त समक्ष लघुवित्त संस्थामा आवद्ध कर्मचारीहरुले जिउ धनको सुरक्षाको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन । ज्ञापन पत्रमा जाजरकोट जिल्लाको भेरी नगरपालिकामा एन आइ सी एसिया लघु वित्तका फिल्ड कर्मचारी माथि फागुन १६ गते अज्ञात समुहले कालोमोसो दलि अमानवीय व्यवहार देखाई कुटपिट गरी समुहबाट असुली भएको रकम समेत लुटेर लगेकोप्रति लघुवित्त संस्थाले गम्भिर ध्यानाकर्षण भएको भन्दै सुरक्षाको माग गरेका छन ।

लघुवित्तका कर्मचारी माथी कालो मोसो दलेको घटनाले देशभरी नै अराजक तत्वहरुको मनोवल झनै बढ्दै जाने भएकाले आउने दिनहरुमा जुनसुकै संस्थामा कार्यरत जो कोही कर्मचारीहरु माथी पनि यस्ता अमानवीय व्यवहार र अराजक गतिविधि नहोस् भनेर सुरक्षाको निम्ति ज्ञापन पत्र बुझाएको लघुवित्त कर्मचारी मञ्चका महासचिव गोविन्द थापाले बताउनुभएको छ । नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त गरी ‘घ’ वर्गको बैंक तथा वित्तीय संस्था नियमन विभाग र राष्ट्र बैंकबाट जारी निर्देशन एवं सर्तहरुको अधिनमा रही वित्तीय कारोबार सञ्चालन गर्न इजाजत प्राप्त गरेको अवस्थामा लघुवित्त संस्थाप्रति देखिएको अराजक र अमानवीय र गैर कानूनी गतिविधि जिल्लामा नहोस् भनेर सुरक्षाको माग गरिएको उहाँको भनाई रहेको छ । बिहिबार जिल्लामा सञ्चालित १० लघुवित्त संस्थामा आवद्ध कर्मचारीहरुको मञ्च गठन गरिएकोमा शुक्रबार मञ्चले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको हो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर