लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै

दाङ, १७-फागुन ।

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । करिब महिना दिनपछि प्रदेश सभाको छैठौं बैठक आज दिउँसो १ बजे बस्न लागेको हो । आज बस्ने प्रदेश सभाको बैठकमार्फत साना दलहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका छन् । एमालेका मुख्यमन्त्री गिरीलाई विश्वासको मत दिएर सरकारलाई समर्थन गरेका लोसपा र नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिने तयारी गरेका हुन् ।

नागरिक उन्मुक्तिका संसदीय दलका नेता धर्मबहादुर चौधरीले सम्भवतः आजै सरकारको समर्थन फिर्ता लिने तयारी गरेको बताए । यद्यपि लोसपा र नागरिक उन्मुक्ति भने सरकारमा सहभागी छैनन् । लुम्बिनी प्रदेश सभामा नागरिक उन्मुक्तिको चार र लोसपाको तीन जना सांसद छन् । यता, आठ दलको बैठक आज बिहान ११ बजे दाङको देउखुरीमा बस्न लागेको छ ।

केन्द्रमा सत्ता समीकरण बदलिएसँगै लुम्बिनीमा पनि एमाले नेतृत्व सरकारलाई अल्पमतमा पारेर नयाँ सरकार गठनको प्रयास स्वरुप आठ दलहरुबीच बैठक बस्न लागेको हो । लुम्बिनी प्रदेश सभामा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्तिका चाररचार, जसपा, लोसपा र जनमतका तीनरतीन, नेकपा एकीकृत समाजवादी र जनमोर्चाका एकरएक र स्वतन्त्रका २ प्रदेश सभा सदस्य छन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर