दाङको घोराहीमा भूतपूर्व सैनिक सम्मेलन

तुलसीपुर, १७ फागुन ।

दाङको घोराहीमा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ । घोराहीको रणसिंहदल गणमा भएको सम्मेलनमा दाङ , सल्यान, पूर्वी रुकुम, पश्चिम रुकुम, रोल्पा र प्युठान गरी जम्मा छ जिल्लाहरुमा बसोबास गर्ने भूतपूर्व सैनिक तथा सैनिक एकल महिलाहरूको सहभागितामा रहेको थियो ।

दाङ्गमा सम्पन्न सम्मेलनलाई सम्बोधन गर्दै प्रधान सेनापति प्रभुराम शर्माले भूतपूर्व सैनिकहरुलाई सम्मानजनक जीवनयापनमा सघाउन नेपाली सेनाले विभिन्न गतिबिधि सन्चालन गर्दै आएको कुरा बताउनु भयो। उहांले उपलब्ध स्रोत साधनको समुचित प्रयोग गरी दीर्घकालीन कल्याणकारी सेवा तथा सुविधा विस्तार गर्न नेपाली सेना प्रयत्नशील रहेको जानकारी गराउनु भयो । बढ्दो महंगी र आधुनिकीकरणसँगै बढ्दै गएका नेपाली सेनाका बहालवाला तथा भूतपूर्व सकलदर्जाहरुका आकांक्षा, आवश्यकता र आर्थिक दायित्वलाई मध्यनजर गर्दै कल्याणकारी कोषमार्फत कार्यान्वयनमा ल्याईएका नयाँ पहलकदमीहरुका बारेमा प्रधान सेनापतिले जानकारी गराउनु भएको थियो । सम्मेलनमा प्युठान जिल्ला निवासी ८९ वर्षका हुकुम बहादुर केसी। र स्वर्गीय सिपाही रुक बहादुर थापा क्षेत्रीको श्रीमती प्युठान जिल्ला निवासी ९२ वर्षकी एकल महिला सावित्रा देवी थापा क्षेत्रीलाई सम्मान गरिएको थियो भने सर्वोत्कृष्ट लघुउद्यमीरव्यवसायीहरु दुई जनालाई प्रशंसा९पत्र एवं पुरस्कार वितरण गरिएको थियो । सोही क्रममा ४ वा सो भन्दा बढी सन्ततिहरु नेपाली सेनामा रहेका २ ९दुई० जना अभिभावकहरुलाई सम्मान, फरक क्षमता भएका तथा अशक्तन ११ ९एघार० जनालाई व्हिल चेयर तथा बैसाखी वितरण गरिएको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर