रौतहटमा शी लिड्स परियोजनाको जिल्ला परियोजना सल्लाहकार समिति बैठक सम्पन्न


पवन कुमार उपाध्याय,
रौतहट,१४ फागुन।

जिल्ला समन्वय समिति रौतहट गौरको सभा हलमा माण्डवी संस्थाको आयोजना तथा IEFS को प्रविधिक सहयोगमा जिल्ला परियोजना सल्लाहकार समिति बैठक सम्पन्न भएको छ । स्विस सरकार तथा अष्ट्रेलियन सरकारको अर्थिक सहयोगमा संचालित “शी लिड्स परियोजनाको जिल्ला परियोजना सल्लाहकार समितिको बैठक आज भव्य रूपमा सम्पन्न भएको छ । सो कार्यक्रममा महिला जनप्रतिनिधिहरूको सहभागिता उच्च बनाउने र महिला जनप्रतिनिधि हरुको मनोबल र आत्मविश्वास बढाउन माण्डवीले सँचालन गरिरहेका कार्यक्रमहरूको अवलोकन गर्ने हिसाबले तथा अझ थप प्रभावकारी रुपमा अगाडी बढाउन आवश्यक सल्लाह,सुझावहरु तथा सहयोगको प्रतिबद्धताका लागि उक्त कार्यक्रम आयोजना गरिएको थियो । जिल्ला समन्वय समित रौतहटको सभापति रामअयोध्या यादवको अध्यक्षतामा उक्त कार्यक्रममा विभिन्न पार्टी दलका प्रतिनिधिहरु,नगर प्रमुखहरु,नगर उप प्रमुखहरु,जिल्ला निर्वाचन कार्यालय,जिल्ला प्रशासन कार्यालय,समाजसेवी , पत्रकार तथा अनुसन्धानका प्रतिनिधिहरु गरी २९ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा परियोजना अन्तर्गत हाल सम्म सँचालित कार्यक्रमहरुक् तथा त्यसका उपल्बधिहरु र अगामी कृयाकलापहरुको बारेमा जानकारी गराईएको थियो । सो कार्यक्रममा सहभागिहरुले आप्ना भनाई राख्नुका साथ साथै अगामी दिनहरुमा यस्ता कार्यक्रमहरु जिल्लाका सबै पालिकाहरुमा हुने पनर्नेमा भनाई राखेका थिए । अहिलेका महिलाहरूमा माण्डवी संस्थाको आयोजनामा भएको शी लिड्स परियोजनाको कार्यक्रमले कति ठूलो महत्वपूर्ण भूमिका निभाएको हो त्यस बारे अवलोकन गरिएको र महिलाको पहुंच सम्बन्धी सुझाव सङ्कलन तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन भएकाे देखिएको हो । उक्त कार्यक्रममा माण्डवी सँस्थाका अध्यक्ष अन्जु झाले समस्टिगत रुपमा कार्यक्रमको रुपरेखा,कार्यक्रमका सँचालन विधि प्रकृया , अपेक्षित उपल्बधि लगायतका कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो । यस कार्यक्रमले हामी सबै महिलाहरुलाई धेरै सहयोग पुर्याएको र सहयोगी मुलक कार्यक्रम भएको गौर नगरपालिकाकी पूर्व उप नगर प्रमुख किरण देवी ठाकुरले बताएकी थिइन् । उक्त कार्यक्रममा जिल्ला निर्वाचन अधिकृत छोटेलाल प्रसाद दास , जसपा नेपाल तथा गौर न.पाको उप मेयर किरण ठाकुर , राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य राकेश दास , लोकतान्त्रिक समाजवादी पार्टीका अनिल कुमार सिंह ,जनमत पार्टी नेपालको महम्मद साह आलम , नेकपा एमालेका श्याम सुन्दर पटेल , नेपाली कांग्रेसका चिरञ्जीवी प्रसाद सिंह , जिल्ला समन्वय समिति गौर रौतहटको ओम प्रकाश यादव , गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जैसवाल , बौधीमाई नगरपालिकाको नगर प्रमुख प्रदीप यादव लगायत जनकपुर टुडेका रौतहट संवाददाता राकेश यादव ,शिलादीप अनलाइन खबरका प्रदीप कुमार दास, सीएच खबरका चन्दन कुशवाहा , रौतहट टुडेका जितेन्द्र दास,वर्तमानकाल दैनिक पत्रिकाको विशेष समाचारदाता पवन कुमार उपाध्याय त्यस्तै माण्डवीका सञ्चालक अन्जु झा ,प्रशिक्षक पुनम ठाकुर ,सुरेन्द्र यादव माण्डवी संस्थाको शी लिड्स परियोजनाको कार्यक्रम अनुगमन तथा मूल्याङ्कन अधिकृत सुबिन्द्र दासको सहभागितामा”शी लिड्स परियोजनाको जिल्ला परियोजना सल्लाहकार समिति बैठक” कार्यक्रम सम्पन्न् भएको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर