सचेतता तथा दुरुपयोग न्यूनीकरण तालिम

निराश पाण्डे,
चिराघाट, १४ फागुन ।
नितिगत रूपमा हेर्दा सरकारले लागुपदार्थ दुर्ब्यसन सम्बन्धि राष्ट्रिय स्तर बाटै जनचेतनाका कार्यक्रम मार्फत संचालन गर्ने हो भने लागुपदार्थ दुर्ब्यसन कम हुने एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन।

शान्तिनगर गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले चिराघाटमा आयोजना गरेको किशोर किशोरीका लागि लागू औषध दुर्ब्यसनी सामाजिक संजाल प्रयोग सचेतता तथा दुरुपयोग न्यूनीकरण तालीमका बक्ताहरुले यस्तो कुरा बताएका हुन ।

साथै बक्ताहरुले दुर्ब्यसनीलाई घरपरिवार र समाजले घृणाको दृष्टिले नहेरी अरु के कति कारणले दुर्ब्यसनमा संलग्न हुन पुगेका हुन पत्ता लगाइ समाधान गर्ने तर्फ ध्यान दिन आवश्यक रहेको बताएका छन। शान्तिनगर गाउँपालिकाकी उपाध्यक्ष प्रेमा केसीको सभापतित्वमा भएको दुई दिने तालिममा गाउँपालिकाका प्रमुख प्रशासकिय प्रमुख डिल्ली खड्का , वडा नम्बर ३ का अध्यक्ष मीन बहादुर केसी र ४ का अध्यक्ष गोमान बहादुर ओलीले बोलेका थिए।

तालीममा लागू औषधका प्रकार, प्रयोगका कारण , प्रयोग कर्तामा देखिने लक्ष्यण, असरहरु, र नियन्त्रणका पक्ष तथा कानुनी ब्यबस्थाका बारेमा प्रमुख प्रसासकिय अधिकृत डिल्ली खड्का , शिक्षा युबा तथा खेलकुद शाखा प्रमुख सुमन पान्डे, प्रहरी चौकि चिराघाटका इन्चार्ज खडक बहादुर डाङ्गी, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख साबित्रा आचार्यलेले प्रशिक्षण दिनु भएको छ।

शान्तिनगर गाउँपालिका भित्र रहेका विभिन्न विद्यालयका तीन दर्जन बढी बालबालिकाको सहभागिता रहेको तालिमको सहजीकरण देबकी न्यौपानेले गरेकी थिइन तालिम फागुन १५ गतेसम्म संचालन हुने छ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर