गोल्टाकुरीमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ शुरु हुदै

दाङ, ११ फागुन ।
दंगीशरण गाँउपालिकाको गोल्टाकुरीमा फागुन १४ गतेदखी श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ शुरु हुने भएको छ । पञ्चायण मन्दिर तथा धार्मिक पर्यटकिय स्थल निर्माण सहयोगार्थ फाल्गुन १४ गते देखी २१ गतेसम्म सञ्चालन हुने दंगीशरण गाँउपालिका वडा नं। १ र २ को गोल्टाकुरीको शिबमन्दिर डाँडाँमा सञ्चालनमा आउने श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञमा नेपालका सुप्रसिद्ध भागवाताचार्य गुरुदेव पं कोमल उपाध्यायबाट कथाबाचन हुने श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ मुल आयोजक समितिका अध्यक्ष तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष निम बहादुर खत्रीले जानकारी दिए ।

श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञको अवसरमा १३ गते शनिवार गोल्टाकुरीमा बृहत कलश यात्रा एवं झांकी जुलुसको आयोजना समेत गरिएको छ ।

भागवताचार्य पं गुरुदेव पं कोमल उपाध्यायबाट दैनिक रुपमा बाचन हुने संगितमय कथा प्रवचन श्रवण गर्न उपस्थितिको लागि समेत मन्दिर व्यवस्थापन समितिले सबैलाई अनुरोध गरिएको आयोजक समितिका तिलक बहादुर डाँगीले बताए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर