दाङमा बालविवाह गराउने ६ जनालाई पक्राउ

दाङ ।

दाङमा प्रहरीले बाल विवाह गर्ने, गराउने आमाबुवा र बेहुलासहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका २ रामपुर बस्ने २५ वर्षीय बेहुला सन्तोष परियार, बेहुलाकी आमा ४५ वर्षीया शर्मिला दमाईँ, अंकल ३२ वर्षीय मोहन दमाईँ, र सोही ठाउँ बस्ने ४० वर्षीय सीता नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बिहीबार दिउँसो करिब साढे २ बजेतिर घोराही १६ बरधन्ने स्थित १४ वर्ष कि नाबालिकालाई २ रामपुर बस्ने २५ वर्षीय सन्तोष परियार बिच बाल विवाह भई रहेको भन्ने सूचनाको आधारमा जिप्रका दाङबाट गएको प्रहरी टोलीले विवाह मण्डपमा बसेका बाल विवाह गर्ने गराउने नाबालिकाको बुवा र आमा बेहुलासहित ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी राजन कुमार गौतमले जानकारी दिए ।

यस्तै उनीहरूलाई शुक्रबार बाल विवाह सम्बन्धी कसुरमा दाङ जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार मुलुकी अपराध संहिता २०७४ अनुसार, १७३ बाल विवाह गर्न नहुने र विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नहुने कानूनी व्यवस्था रहेको छ । यस्तै उपदफा ९१० विपरीत भएको विवाह स्वतः बदर हुने र उपदफा ९१० बमोजिमको कसूर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था रहेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर