बाम्लाको भूमि आधारभूत विद्यालयलाई निस्शुल्क जग्गा

दाङ, १७ माघ ।
भूमि आधारभूत विद्यालय बाम्लालाई जग्गा एक रोपनी जग्गा उपलवब्ध गराइएको छ । घोराही उपमहानरपालिका –१९ निवासी कुमानन्द पुन मगरले जग्गा दिनु भएको छ । पुनले उपभोग गर्दै आएको एक रोपनी जग्गा बिद्यालयका नाममा निशुल्क प्रदान गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जंग रोकाले जानकारी दिनुभयो ।

तीन लाख रुपैयाँ मुल्यपर्ने उक्त जग्गा बिद्यालयलाई अबश्यक पर्ने कक्षाकोठा र भौतिक पूर्वाधार निर्माण गर्ने उदेशयले प्रदान गरिएको जानकारी दिनुभयो । दाङ सैघा ७ च कित्ता न। २२९ रहेको उक्त जमिन बिद्यालयका नाममा निशुल्क पास भएको छ ।

यसका साथै जमिन पास गर्न लाग्ने रजिस्टेशन र दस्तुर खर्च निशुल्क बनाउँन सहयोग गरेको भन्दै बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष जंग रोकाले पन्थी ल र्फमका संचालक अर्जुन पन्थीलाई पनि धन्यावाद ज्ञापन गर्नुभएको छ । जमिन नहुदा विद्यालयलाई आबश्यक पर्ने संरचना बनाउँन समस्या पर्ने गरेको बताउँदै अब प्राप्त जमिनमा कक्षाकोठा निर्माण गरिने उल्लेख गर्नुभयो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर